Wednesday, January 5, 2011

"मुन्नी बदनाम हुई, डार्लिङ तेरे लिए,"

काठमाडौ, पुस ८ - महिनाअघि कान्तिपुर कार्यालयमा एक महिलाले अनोठौ समस्या राख्दै समाधानको उपाय निकाल्न आग्रह गरिन् गौशाला निवासी ती महिलाले आफ्नो छोरीको नाम मुन्नी भएकाले टोल र गलीमा हिंडडुल गर्न गाह्रो भएको गुनासो पोखिन् छोरीलाई देख्नबित्तिकै केही मनमौजी युवाहरूले हिन्दी चलचित्र दबंगको गर्मागर्म गीत  
'मुन्नी बदनाम हुई, डार्लिङ तेरे लिए,'  
गाउँदा रहेछन् ।
उनले धेरैपटक ती युवासँग छोरीका लागि झगडासमेत गरिन् तर, समस्याको हल भएन उपद्रवहरूले सुरक्षित उपाय अपनाउँदै मोबाइलमा डाउनलोड गरेको त्यो गीत टोलकी मुन्नी दिदीलाई देख्नबित्तिकै घरको 
छानो र झ्यालमा लुकेर ठूलो स्वरमा घन्काउन थाले । अब उनलाई ती केटाहरूसँग झगडा गर्न पनि गाह्रो भयो
एकपटक उनी फेरि ती केटाहरूसँग जुहारी खेल्न खोजिन् तर, उत्तर आयो, "गीत पनि बजाउन नपाउने, हामीले आफैं बनाएको गीत हो र, सक्नुहुन्छ भन्ने गीतकारलाई गाली गर्नुस् 
।" उनी अब यो गीत बनाउनेलाई कहाँ खोज्न
जाऊन् ।

No comments:

Post a Comment